पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः थापा निर्वाचित

0
109

२५ असार २०७९
पनौती, काभ्रे ।

पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भोला थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न प्रथम अथिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य तर्फको उपाध्यक्षमा अञ्जु रञ्जित केसी र उद्योग तर्फको उपाध्यक्षमा पुनम लामा जंगमलाई निर्वाचित गरेको छ । सचिवमा पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल निर्वाचित भएका छन् । पनौती उद्योग वाणिज्य संघको सदस्यहरुमा राजेश कुमार श्रेष्ठ, उत्तम फासि, रविन्द्र हुमागाई, ज्ञान वहादुर लामा, विमला देवी श्रेष्ठ, पुरुषोत्तम कर्माचार्य र ममता भारती निर्वाचित भएका छन् ।

संघले पनौतीमा रहेका उद्योग कलकारखानाहरुलाई व्यवस्थित गर्ने, अभिलेखिकरण गर्ने, करको दायरामा ल्याउने भन्दै सचिव पौडेलले पनौती नगरपालिका संग सहकार्य गरेर उद्योगि व्यवसायीहरुलाई प्रशिक्षण समेत दिइने बताए । ठुलाठुला मात्र नभई साना साना व्यवसायीहरुलाई पनि एकतावद्ध गरि व्यवस्थित तरिकाले व्यवसाय गर्ने वातावरण बनाउन पनौती उद्योग वाणिज्य संघ सक्रिय हुने सचिव पौडेल बताए ।

Google search engine