२६ असार २०७९
काठमाडौं ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुगेका हुन् । भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भएको बताइएको छ ।
चाओ चार दिने भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।