२ साउन २०७९
काठमाडौं ।
एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्।
पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी)मा बढुवा गरेसँगै असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएपछि राजीनामा दिएका हुन्।
पोखरेलले बिदा माग गर्दै फारम पेस गरे पनि आईजी सिंहले बिदा स्वीकृत गरेका थिएनन्। प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिएका हुन्। राजीनामा नदिएको अवस्थामा उनी आउँदो साउन २० गते अनिवार्य अवकाशमा जाने थिए।