एकै दिन ४५७ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

0
72

२ साउन २०७९
काठमाडौं ।

एकैदिन ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १ जनाको संक्रमणकै कारण मृत्‍यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरिएकोमा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा ९८ हजार नौ सयजनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये १ हजार ७०१ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १५ जना आइसियू र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।