१६ साउन २०७९
काठमाडौ ।
एकैदिन ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पीसीआर र एन्टिजेन गरी ५ हजार ९ सय ९ जनाको नमुना परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल परीक्षणको १५ दशमलव १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा २ सय ६४ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा चार हजार नौ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।