२९ साउन २०७९
काठमाडौं ।
पछिल्लो २४ घण्टामा चार सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ३ सय २ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा अहिले ५ हजार ४ सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच थप १३ हजार तीन सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।