विधायन समितिबाट नागरिकता विधेयक हुबहु पास

0
34

१५ भदौ २०७९
काठमाडौं ।

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ । बुधबार बसेको समितिको बैठकले उक्त विधेयक हुबहु पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेका छन् । जसमध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत राखेका छन् ।

अब समितिले पारित भएको उक्त विधेयक राष्ट्रियसभामा पेश गर्नेछ । राष्ट्रियसभाको बैठक बिहीबार नै बस्दैछ ।