हरि बहादुर बल प्रदेश समानुपातिक सांसदमा सिफारिस

0
51

१७ भदौ २०७९,
काभ्रे ।

आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि काभ्रे प्रतिनिधि सभा क्षेत्र न. १ प्रदेश सभा (ख) बाट समानुपातिक तर्फ हरि बहादुर लामा बल सिफारिस भएका छन् । विहिबार पनौतीमा बसेको काभ्रे प्रतिनिधि सभा क्षेत्र नं.१ प्रदेश सभा (ख) कार्यसमितिको बैठकले उनको नाम सिफारिस गरेको नेपाली कांग्रेस काभ्रे १ (ख) का प्रदेश सचिव अनिश बलले जानकारी दिए ।

पार्टीको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यमा निर्वाचित बल पार्टीको हरेक क्रियाकलापमा सक्रिय रुपमा सहभागी हुँदै आइरहेका छन् । कांग्रेसको नीति र सिद्वान्तमा निरन्तर लागिरहेका बल पार्टीको विभिन्न तहमा रहेर इमानदारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् ।

लामो समयदेखि काँग्रेसको राजनीतिमा योगदान गर्दै आइरहेका बल युवाहरु माझ लोकप्रीय छन् । काभ्रे नमोबुद्व नगरपालिका वडा न. ८ मा जन्मेका बल सामाजिक कार्यमा समेत सक्रिय छन् । बल काभ्रेको दाप्चा पिपलटार क्षेत्रमा रोशी युवा क्लबको अध्यक्ष भई सामाजिक कार्यमा योगदान गरेका व्यक्ति हुन् ।

धार्मिक क्षेत्रमा पनि सक्रिय बल काठमाडौंको छ्योर्टेन टासी गुम्बाका पूर्व महासचिव तथा वर्तमान उपाध्यक्ष हुन् । उनी क श्रेणीका सफल निमार्ण व्यवसायी समेत हुन् । उनी निर्माण व्यवसायी संघ काभ्रेका सल्लाहकार समेत हुन् ।