कपनको आगलागीमा मृत्यु हुने तीनै जनाको परिचय खुल्यो

0
52

असोज २०७९,
काठमाडौं ।

कपनको आगलागीमा परी मृत्यु भएका तीन जनाकै परिचय खुलेको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।

कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।