भीमफेदी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

0
41

६ असोज २०७९,
मकवानपुर ।

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रुबस दुर्घटना हुँदा मृतकको संख्या ७ पुगेको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।