थपिए १ हजार ७८७ डेंगु संक्रमित, दुई जनाको मृत्यु

0
43

२८ असोज २०७९,
काठमाडौं ।

पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।