सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

0
44

२८ असोज २०७९,
काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ ।

किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उनको स्वास्थ अवस्थामा सुधार आएको उल्लेख छ ।

शुक्रबारदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि किष्ट अस्पतालमा उपचारत छन् ।