चुनावको स्वच्छतालाई दुष्प्रचार नगर्न आयोगको आग्रह

0
73

२१ कात्तिक २०७९
काठमाडौं ।

निर्वाचन आयोगले चुनावको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ ।

सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने तर कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन ।

थपलियाले चुनावरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए । उनले अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकलाई उम्मेदवारको सही सूचना दिन अग्रसर हुन सुझाव दिए ।

यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।

Google search engine