मुस्ताङका दुवै प्रदेशसभामा कांग्रेसको जित

0
22

५ मंसिर २०७९
पोखरा ।

मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।

शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।