२३ मंसिर २०७९,
काभ्रे ।
नेपाली कांग्रेस काभ्रे शाखाले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधाहरु रोकिएको प्रति ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेस काभ्रे शिक्षा शाखाका प्रमुख दिपेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमार्फत शिक्षकहरुको पारिश्रमिक रोकिएकोप्रति ध्यानाकर्षण गराइएको हो ।
विज्ञप्तीमा काभ्रेका सबै स्थानीय तह, शिक्षा विकास समन्वय इकाई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमेतको ध्यानाकर्षण गराइएको छ ।
देशका भविष्यका कर्णधारहरु उत्पादन गराउन आफ्नो जीवन व्यतित गर्ने शिक्षक तथा कर्मचारीहरु नै आफ्नो हक अधिकारबाट बञ्चित रहनुपर्ने अवस्था अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ।
शाखाले आफ्नो अनुरोधलाई बेवास्था गरी श्रमजीवी शिक्षक कर्मचारीको दैनिकी माथि खेलबाड गरेमा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।