सरकार गठनका लागि ७ दिनको समय

0
106

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएकी छिन् । मंसिर १० गतेसम्म संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले आइतवार आह्वान गरेकी हुन्।

निर्वाचन आयोगले कात्तिक २९ गते राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दललाई सरकार गठनका लागि आवश्यक बहुमत नपुगेपछि भण्डारीले धारा ७६ को उपधारा २ अनुसार आह्वान गरेकी हुन् ।

Google search engine