थापाथलीको सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग

0
55

१४ पुस २०७९,
काठमाडौं ।

काठमाडौं महानगरपालिकाले थापाथलीसिथत बाग्मती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ ।

रवि लामिछानेले गृहमन्त्रालय सम्हालेसँगै महानगर प्रमुख बालेन्द्र शाहले अतिक्रमित वस्ती हटाउनका लागि मन्त्रालयसँग सहयोग मागेका हुन् । काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो ।

महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने जनाएको हो ।

यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो ।

Google search engine