बयानकै आधारमा नाम लिइएको व्यक्तिलाई पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

0
7

११ जेठ २०८०,
काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बयानकै आधारमा नाम लिइएका व्यक्तिलाई पक्राउ गर्न नसकिने बताएका छन् ।

आज बिहीबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् । तर, नाम लिइएका व्यक्तिमाथि भने अनुसन्धान भइरहेको उनको भनाइ छ ।

उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए । प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न निर्देशन दिएको उनको भनाइ छ ।

Google search engine