सांसद विकास कोष कार्यक्रमका लागि ८ अर्ब २५ करोड बजेट

0
31

१५ जेठ २०८०,
काठमाडौं ।

सरकारले दुई वर्षअघि खारेज गरेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्युँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ‘सांसद विकास कोष’ कार्यक्रमलाई सुचारु गरेका हुन् ।

उनले जनप्रतिनिधिमार्फत सम्बोधन गर्न पाँच करोड संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको बताए । एउटा आयोजनामा न्युनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने उनले बताए ।

अर्थमन्त्री महतले सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको बताए । दुई वर्ष अघिसम्म प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ६ करोड रूपैयाँ दिने प्रचलन रहेको थियो ।

Google search engine