भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने

0
27
तस्बिरः रासस

१८ जेठ २०८०,
काठमाडौं ।

भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो ।

नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको छ । त्यसमा माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुली समेत भारतले खरिद गर्ने भएको छ ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले दाहाल र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको उल्लेख गरेका छन् । त्यसैगरी मोदीले नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको भन्दै नेपाली जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको पनि बताए ।

Google search engine