संसद् अवरोध भइरहे अर्ली इलेक्सन नै उपयुक्तः नेपाल

0
111

२२ फागुन २०७८

काठमाडौं । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको समेत बताए।

एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम गरिरहेकोले  यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम बिकल्प हुने उनको भनाई छ ।

आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै नेकपा एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

आजको प्रतिनिधसभा बैठक पनि एमालेको अवरोध बिच चलेको थियो। त्यसैले एकीकृत समाजवादीका अध्यक्ष नेपालले सदन चल्न अवस्था नभएको भन्दै मध्यावधी निर्वाचनको विकल्प पेश गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here