पल शाहलाई फेरि १२ दिन हिरासतमा राख्न अनुमति

0
170

२२ फाल्गुन २०७८

तनहुँ । 

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

म्याद थपका लागि प्रहरीले आज उनलाई जिल्ला अदालतमा पेश गरेको थियो । यस अघि दिइएको ७ दिनको म्याद आज सकिएपछि म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

एक नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाँउदै पलविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् । बालिकाले उजुरी दिएपछि शाहको खोजी भएको थियो । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसर्मपण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here