६ महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने

0
99

१० बैशाख २०७९
काठमाडौं ।

स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।

आयोगमा शनिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको यस अघिकै निर्णय भएको बताए । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहनेछ । उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न हुने छैन ।

Google search engine