११ बैशाख २०७९
काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।
शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए । युवाहरुमाझ चर्चित रहेका र्यापर शाह पेशाले इन्जिनियर हुन ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौं नगरबासीले आफूलाई मत दिई विजय गराउने दाबी गरे ।