१२ बैशाख २०७९
पोखरा ।
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी मनोनय दर्ता गराएका हुन् । गठबन्धनमा आवद्ध दलहरुले पोखरामा मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेसलाई भागवन्डा गरेका थिए ।
तर कांग्रेसका नेता कार्यकर्ताहरु भने यस विषयलाई लिएर असन्तुष्ट छन् ।
त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराए ।
पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।