२६ बैशाख २०७९
काभ्रे ।
काभ्रेमा निर्वाचन समय अवधिभर मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यमा प्रतिबन्ध लगाइएको छ । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई मर्यादित बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यमा प्रतिबन्ध लगाउन सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले हिजो सूचना जारी गर्दै बैशाख २६ गतेदेखि वैशाख ३१ गते सम्म मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्य गर्न नपाईने उल्लेख गरेको छ । निर्वाचनलाई केन्द्रित गरेर जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्य पूर्णरुपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ ।