२७ बैशाख २०७९
धुलिखेल, काभ्रे ।
काभ्रेको धुलिखेल नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका विदुर बस्नेतले मेयरको रुपमा नभएर जनसेवक बनेर काम गर्ने बताएका छन् । घरदैलो कार्यक्रमका क्रममा बस्नेतले आफूलाई धुलिखेल नगरको शासक नभएर जनताको सेवक बन्ने इच्छा रहेको बताएका हुन् ।
जारी नेतृत्वले जनतालाई हुकुमी शैलीमा गरेको व्यवहार र नगरमा देखिएको भ्रष्टाचार लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । नगरमा विकासका नाममा धेरै भ्रष्टाचार भएको र यसका लागि अब जनताले हाम्रालाई नभएर राम्रालाई मत दिए यस पटक धुलिखेलको विकास गर्न आवश्यक रहेको बस्नेतको जिकिर छ । स्वतन्त्र बाट जेव्रा चिन्ह लिएर उठेका बस्नेत नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट धुलिखेलको नगर सभापति चुनिएका थिए । तर गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेका उनले धुलिखेल नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।