मोहनविक्रम सिंहकै पालिकामा जनमोर्चा पराजित

0
69

४ जेठ २०७९
प्युठान ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकै पालिका प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पराजित भएका छन् ।

झिमरुकको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पीतबहादुर महतारा क्षेत्री ५ हजार ९२९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी जनमोर्चाका टीकाबहादुर जीसीले ५ हजार ६९६ मत पाए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रमोद पोखरेल ६ हजार ४१९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका विष्णु जीएमले ४ हजार ५६२ मत प्राप्त गरे ।

झिमरुकमा एमाले र माओवादी तथा जनमोर्चा र कांग्रेसले गठबन्धन गरेका थिए । झिमरुकका आठ वडामध्ये तीन वटामा एमाले, दुई वटामा कांग्रेस, दुई वटामा जनमोर्चा र एउटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।