५ जेठ २०७९
काभ्रे ।
बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य विजयी भएका छन् । गठबन्धन तर्फबाट कांग्रेस उम्मेदवार शाक्यले १३ हजार ७९३ मतसहित जित हात पारेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ मत मात्र पाए । यस्तै उपमेयरमा भने एमालेकी विमला सापकोटा दाहल ११ हजार ९९२ मतसहित निर्वाचित भएकी छन् ।
उनले गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाए । ०७४ मा मेयर उपमेयर जितेको एमालेले यसपटक मेयर गुमाएको छ ।