६ जेठ २०७९
काभ्रे ।
पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रामशरण भण्डारी मेयरमा निर्वाचित भएका छन् । भण्डारी १४ हजार ५० मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा (एमाले)का उमेदवार भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पराजित गरेका हुन । निवर्तमान नगर प्रमुख समेत रहेका न्यौपानेले ११ हजार ७ सय ८३ मत मात्रै प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी गीता बञ्जारा १२ हजार ३ सय ३७ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का छविलाल हुमागाईंले १० हजार ३ सय ८८ मत प्राप्त गरेका थिए । १२ वटा वडा रहेको पनौतीमा कांग्रेसले ४ वटा जित्दा एमालेले ७ र एकीकृत समाजवादीले १ वडामा जित हासिल गरेको छ ।
पनौती १ मा कांग्रेसका जय लामा, २ मा नेकपा एमालेका पुरुषोतम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेका दिपक दाहाल, ५ मा कांग्रेसका विनोद खत्री, ६ मा एमालेका भिमसेन आचार्य, ७ मा एमालेका सविन ताम्राकार, ८ मा एमालेका बेदप्रसाद बञ्जारा, ९ मा कांग्रेसका सहकुल हुमागाई, १० मा कांग्रेसका मोहन भण्डारी, ११ मा एमालेका विपिन लामा र पनौती १२ मा समाजवादीका जयराम केसी वडा अध्यक्षमा विजयी भएक छन् ।