काभ्रेको महाभारत गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवार विजयी

0
83

७ जेठ २०७९
काभ्रे ।

महाभारत गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका हुन् ।

जिम्बाले ४ हजार ८ सय ९१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाले ३ हजार १ सय ९५ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसका सागर मोक्तानले ४ हजार १ सय ६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङले १ हजार ५ सय ३० मत प्राप्त गरिन् ।

गाँउपालिकाको वडा नं १, ४, ६ र ८ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

काभ्रेको १३ स्थानीय तहमध्ये १२ वटा पालिकामा मत गणना कार्य सम्पन्न भइसकेको छ । पाँचखाल नगरपालिकाको मत गणना जारी छ । यस नगरमा कांग्रेसका उम्मेदवार महेश खरेलको अग्रता कायमै छ ।