सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

0
42

१५ जेठ २०७९

काठमाडौं ।

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ गतेदेखि लागू हुने गरी हरेक सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने बताए ।

सरकारले गत वर्ष पनि २ हजार रुपैयाँका दरले कर्मचारीको तलब वृद्धि गरेको थियो ।