१५ जेठ २०७९
काठमाडौं ।
सरकारले आउँदो आर्थिक वर्ष सरकारी कार्यालयका लागि गाडी खरिद नगर्ने भएको छ । खर्च कटौतीका लागि सरकारले गाडी खरिद नगर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
यस्तै सरकारले आउँदो आर्थिक वर्ष चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशत घटाउने पनि उनले बताए ।
यस्तै सरकारले निजामती तथा सुरक्षामा प्राविधिक अत्यावश्यकबाहेक नयाँ दरबन्दी थप नगर्ने बजेटमा उल्लेख छ ।