१६ जेठ २०७९
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताएका छन् ।
सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै अहिले सञ्चारमाध्यममा अन्तरवार्ता दिने र खुसियाली मनाउने बेला नभएको बताएका हुन् ।
काठमाडौंवासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म खुशीयाली नमनाउने साहले बताए ।