१८ जेठ २०७९
काठमाडौं ।
भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो ।
कोलकाताको एउटा कार्यक्रममा प्रस्तुति दिन पुगेका केकेको हृदयघातका कारण निधन भएको चिकित्सकको प्रारम्भिक अनुमान छ । कार्यक्रममा प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृृत घोषित गरेका थिए ।
केकेले बलिउड लगायत तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका छन् । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्चित गीत रहेका छन् । केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् ।