सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

0
102

२७ जेठ २०७९
काठमाडौं।

प्रहरीले सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको तस्वीर राखेर चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको धुलिखेल नगरपालिका ६ बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका १ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको आरोपमा विकेशलाई बुधबार धुलिखेल नगरपालिका ६ बाट पक्राउ गरिएको हो । त्यस्तै महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेको आरोपमा भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Google search engine