उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बनिन् चोए सोन

0
75

२८ जेठ २०७९
एजेन्सी ।

उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् । यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् ।

कूटनीतिक सेवाबाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।