आईजीपी बढुवाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

0
54

५ असार २०७९
काठमाडों ।

प्रहरी महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका थिए ।

रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गरेका छन् ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।