प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित भएपछि सांसदबीच चर्काचर्की

0
57
फाइल तस्विर

५ असार २०७९
काठमाडौं ।

संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सांसदहरुबीच चर्काचर्की भएको छ। प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएपछि एमाले नेता भीम रावलले खेद प्रस्ताव पारित गर्न माग गरे।

उनको मागलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्रीको बचाउ गरिन्। भुसालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तय भइनसकेको हुनाले अहिले जानकारी दिनुपर्ने कुनै आवश्यकता नभएको बताइन्।

राजनीतिकरण गर्न अपव्याख्या गर्ने हो। यो दुईवटा विषयमा निर्देशन दिइसकेको छ। तीन एजेण्डा छ। फर्मल भिजिट तय भएपछि जानकारि गराउछु भन्नु भएको छ प्रधानमन्त्रीले, उनले भनिन्, हामी विदेश नीतिमा बहस हुनुपर्ने हो । समितिको छलफल विषयबस्तुभन्दा बाहिर छलफल गएको उनले दाबी गरिन्।

भुसालको भनाइपछि एमाले सांसद रावलले प्रधानमन्त्री संसदसँग जवाफदेही हुनुपर्ने धारणा राखे।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे छलफलका लागि समितिको बैठक जारी छ। शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो।

सोही बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए। समितिले यसबारे थप छलफलका लागि आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई डाकेको थियो।

यद्यपि देउवा समितिको बैठकमा उपस्थित नभएपछि उनको आलोचना भएको हो।