६ असार २०७९
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनबाट पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए । कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।