निरु न्यौपानेको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक

0
124

काठमाडौं ।

काभ्रेकी बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ । सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ’अर्को अध्याय’ र गजल ’सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेललगायत उपस्थित थिए । कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताए । कृति लोकार्पणका क्रममा उनले काभ्रेली साहित्यको प्रशंसा गर्दै न्यौपानेको उपन्यासमा नेपालदेखि विदेशीएको अनुभव रहेको र लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएको बाताए । एक पाठकका रुपमा उपन्यास पठनयोग्य रहेको उनको भनाइ थियो ।

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव सम्वेदनाको कृति भएको बताइन् । उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुको भनाइ थियो ।

कार्यक्रममा निरु न्यौपानेकै गीत ’हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । गीत राज सिग्देलले गाएका हुन् भने सिग्देलकै संगीत रहेको छ । अनुप चापागाईको निर्देशन रहेकोे भिडियोमा गरिमा शर्मा र जीवन भट्टराई फिचर्ड छन् ।

Google search engine