घुस लेनदेनको अडियो प्रकरणबारे छानबिन गर्न समिति गठन

0
96

८ असार २०७९

काठमाडौं ।

न्याय परिषद्ले घुस लेनदेनको अडियो प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।

हिजो मंगलबार एक टेलिभिजनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

घुस लेनदेनको अडियो प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै अनुचित काम नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्याय परिषद्लाई आग्रह गरेका छन् ।

Google search engine