१० असार २०७९
पाँचखाल ।
पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट पेश गरेको छ ।
नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक २ करोड ९९ लाख ५९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख, सडक बोर्ड ७० लाख, सामाजिक सुरक्षा भत्ता १७ करोड गरी ५३ करोड ३७लाख, ९७ हजार तथा बाँडफाँड योग्य नेपाल सरकार राजस्व बाँडफाँड १० करोड २४ लाख, नेपाल सरकार समानीकरण अनुदान १४ करोड २० लाख, प्रदेश सरकार समानीकरण अनुदान १ करोड ३४ लाख ८४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ९ करोड २९ लाख ९५ हजार, अल्या श्रोत १ करोड ५० लाख, आत्रिक श्रोत ५० हजार तथा विविध श्रोत ३५ करोड गरी ७६ करोड ५८ लाख ८९ हजार गरी कुल १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया छ ।
त्यस्तै खर्च तर्फ पूँजीगत खर्चमा ९४ करोड ६८ लाख ३८ हजार तथा चालु तर्फ १६ करोड, तथा शसर्त योजना कार्यक्रमको लागि १९ करोड २८ लाख ३८ हजार रुपैया गरी १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैयाको बजेट पास भएको हो ।
नगरप्रमुख खरेलले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा नगरमा एक बर्ष भित्र रोजगारीको सिर्जना, बृहत सिंचाई योजना, स्वच्छ र सफा खानेपानीको पँहुच, नेपालमै पहिलो ग्रिन स्मार्ट सिटीको डिपिआर र कार्यको थालनी, प्राङगारिक खेति, रासायनिक विषादी न्यूनिकरणका लागि गुणस्तरीय बानस्पतिक विषादी घरघरमा बनाउन प्रोत्साहन गर्ने, पाँचखाललाई दुध अण्डा र मासुमा आत्मनिर्भर बनाउने, पशुपक्षीको स्वास्थ्य परीक्षण प्रयोगशाला, पर्यटन विकास रणनीति निर्माण र कार्यान्वयन, कोभिड १९ का कारण बढ्दो बेरोजगारीहरुलाई रोजगार कार्यक्रमसँग जोड्ने, कृषिजन्य बस्तुको उत्पादन, खरिदविक्रि तथा सुपथ मुल्य पसल खोल्न सहकारीसँग सहजीकरण गर्ने, पाँचखालको वास्तविकता र आवश्यकतामा आधारित ‘कम्युनिभर्सिटी’को स्थापना गर्ने, गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे, निःशुल्क पाठेघर जाँच तथा शल्यक्रिया, बलमजदुर मुक्त नगर घोषणा, नगर स्तरीय कोसेली घर, प्रत्येक वडामा पिच भन्ने मुल नारालाई थप गर्दै वडाका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, महत्वपूर्ण धार्मीक स्थल र बस्तीहरुमा पक्की सडकको पँहुच पुर्याइने, अन्य पालिका जोड्ने कम्तिमा २ वटा सडक दिगो सञ्चालन हुने गरी विकल्पको सडक बनाउने, नगरमा अन्तरराष्ट्रिय स्तरको शहर निर्माण, फोहोर मैला व्यवस्थापन, बसपार्क जस्ता परियोजनाहरुको विकास र व्यवस्थापनका लागि नगर विकास समिति गठन गर्ने, घर बनाउनेले अनिर्वाय जमिन रिचार्ज हुने पोखरी निर्माण गर्नुपर्ने, फोहोरलाई श्रोतमा बर्गिकरण गरी फोहोर व्यवस्थापन गरिने, पर्यटकीय, धार्मीक र बजार क्षेत्रमा फ्रि वाईफाई, आधुनिक प्रविधि उपयोग गरी सेवा प्रवाहलाई कागजरहित बनाउने नीति तथा कार्यक्रममा उल्नेख छ ।
सभाले आर्थिक विनियोजन विधयेक सर्वसम्मतीले पास गरेको छ ।