१२ असार २०७९
काठमाडौं ।
मन्त्रिपरिषद हेरफेर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गरेकी हुन् ।
एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए । उनलाई मन्त्रीमा बढुवा गरिएको छ ।
नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए ।