प्रेस युनियन काभ्रेको अध्यक्षमा नागेन्द्र अधिकारी

0
108

१५ असार २०७९
काभ्रे ।

नेपाल प्रेस यूनियन काभ्रेको सातौैं जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । उनको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

युनियन काभ्रेको उपाध्यक्षमा देवराज केसी र महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सहसचिवमा सचित खड्का, समावेशी सहसचिवमा इन्द्रबहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा क्रमशः राजन दाहाल, रोशन पौडेल, पुजन धिताल, रवि धिताल, शोभा हुमागाई, पुरुषोत्तम ढकाल, विपाश्ना शाक्य, भक्त दाहाल, ज्योती श्रेष्ठ, रामचन्द्र रम्तेल र रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।

अधिवेशनले यहि साउन ६ र ७ गते हुन गईरहेको प्रेस युनियनको केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ । जसमा भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, प्रदीप केसी, बद्रीराज तिमल्सिना, कपिल कोइराला, रघुनाथ हुमागाई, शंकर अधिकारी, शिव दाहाल, ज्ञानमणि नेपाल, सूर्य लाकाजु, शिखर चिमौरिया, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे रहेका छन् ।

त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, दिलीप आचार्य, मोहनकृष्ण तिमल्सिना, सरोज सापकोटा, पुरुषोत्तम ढकाल, हिराकाजी लामा, दुर्गा घलान, राजेन्द्र तिमल्सिना, सुमन गिरी, सनम सुवाल, जानुका खनाल, सन्तोष तिमल्सिना, रोशन तिमल्सिना र दीपक चौलागाईलाई सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामाले नवनिर्वाचित समितिलाई स्वागत तथा सम्मान गर्दै प्रेस युनियनलाई गतिशील ढङ्गले अगाडि बढाउन आग्रह गरेका थिए । उनले पत्रकारिताको नौतिकता निभाएर समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको दायित्व भएको पनि बताए ।

.........